गत साता करिब ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

May 23, 2022 06:15 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ५ प्रतिशत घटेको छ। अघिल्लो साता २३५०.४२ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.९१ प्रतिशत अर्थात ११५.३३ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ।

४ कारोबार दिनका लागि खुलेको बजारमा ३ कारोबार दिन घटेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक ओरालो लागेमा २१०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २४१३.९९ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै करेक्सन फेजमा रहेको संकेत गर्दछ। ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेमा बुलिश क्रशओभर बन्नेछ जुन बजार बढ्ने संकेत मानिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ३० करोडको शेयर कारोबार भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १५.३५ प्रतिशत कम हो।

निर्जीवन बीमा उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक ७.८१ प्रतिशत घटेको छ। अघिल्लो साता १० हजार ३५७.८१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ८०९.०४ अंक घटेर ९५४८.७७ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक ओरालो लागेमा ९००० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने ११००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

नेप्सेजस्तै यस उपसमूहमा पनि गत साताको अन्तिम कारोबार दिन रातो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

 

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।