अनलाइन लाइसेन्स आवेदन सोमबारदेखि खुल्ने, यातायात डिजि भन्छन् ‘अनलाइन पेमेन्टले ढिलाइ भयो’

May 24, 2022 11:03 AM Merolagani



यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र अनलाइन आवेदन खुलाउने मिति फेरि सारेको छ ।

आज अर्थात जेठ १० देखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भनेपनि सिस्टममा राखिने अनलाइन पेमेन्टको कारण ढिलाइ हुने भएको हो ।

यातायात विभागका महानिर्देशक नमराज घिमिरेले अगामी १६ गतेसम्म अनलाइन पेमेन्टको काम सकेर लाइसेन्स आवेदन खुलाउने बताए । ‘हामीले १० गेत भित्र नयाँ सिस्टम ल्याउने भनेर हल्लाखल्ला गर्यौं तर, अनलाइन पेमेन्ट सिस्टमको लागि थप समय लाग्ने भयो’ घिमिरेले मेरोलगानीसँग भने ।

उनका अनुसार अनलाइन पेमेन्टसँग इन्ट्रिगेसन ३ दिन भित्र सकेर अगामी आइतबार लाइसेन्स आवेदन खुल्छ । नयाँ सिस्टम आएपछि फारम भरेको १५ दिन भित्र आफैले तोकेको मितिमा प्रयोगात्मक परिक्षा दिन पाइने छ ।

यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले अनलाइन पेमेन्ट गेटवे शुक्रबारसम्म तयार भइसक्ने र सोमबारबाट नयाँ सिस्टम सहित अनलाइन लाइसेन्स आवेदन लिने बताए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।