अनलाइन लाइसेन्स आवेदन सोमबारदेखि खुल्ने, यातायात डिजि भन्छन् ‘अनलाइन पेमेन्टले ढिलाइ भयो’

May 24, 2022 11:03 AM Merolagani



यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र अनलाइन आवेदन खुलाउने मिति फेरि सारेको छ ।

आज अर्थात जेठ १० देखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भनेपनि सिस्टममा राखिने अनलाइन पेमेन्टको कारण ढिलाइ हुने भएको हो ।

यातायात विभागका महानिर्देशक नमराज घिमिरेले अगामी १६ गतेसम्म अनलाइन पेमेन्टको काम सकेर लाइसेन्स आवेदन खुलाउने बताए । ‘हामीले १० गेत भित्र नयाँ सिस्टम ल्याउने भनेर हल्लाखल्ला गर्यौं तर, अनलाइन पेमेन्ट सिस्टमको लागि थप समय लाग्ने भयो’ घिमिरेले मेरोलगानीसँग भने ।

उनका अनुसार अनलाइन पेमेन्टसँग इन्ट्रिगेसन ३ दिन भित्र सकेर अगामी आइतबार लाइसेन्स आवेदन खुल्छ । नयाँ सिस्टम आएपछि फारम भरेको १५ दिन भित्र आफैले तोकेको मितिमा प्रयोगात्मक परिक्षा दिन पाइने छ ।

यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले अनलाइन पेमेन्ट गेटवे शुक्रबारसम्म तयार भइसक्ने र सोमबारबाट नयाँ सिस्टम सहित अनलाइन लाइसेन्स आवेदन लिने बताए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।