स्पेशल प्रि ओपन सेसनमा बलेफी हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

May 25, 2022 10:47 AM Merolagani

जेठ ११ गते, बुधबार, स्पेशल प्रि ओपन सेसनमा बलेफी हाइड्रोपावरको पहिलो कारोबार भएको छ। जेठ १० गते, नेप्सेमा कम्पनीको शेयर सूचीकृत भएसँगै यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०४ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारण शेयरधनीहरुका लागि (सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) १८ लाख २७ हजार ९७० कित्ता र कम्पनीको संस्थापकहरुले लगानी गरेको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता शेयर गरी कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर हिजो नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीको शेयरलाई नेप्सेले ९३ रुपैयाँ ६४ पैसा देखि २८० रुपैयाँ ९२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोहि आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
कम्पनीको शेयरलाई नेप्सेले बिएचएल कारोबार संकेत प्रदान गरेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।