स्पेशल प्रि ओपन सेसनमा हिमालयन रि इन्स्योरेन्सको कतिमा भयो कारोबार?

Jan 08, 2024 10:47 AM Merolagani

पुस २३ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा हिमालयन रि इन्स्योरेन्स (HRL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्काशन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको शेयर टिकर एचआरएल रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।