स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो मिड सोलुको पहिलो कारोबार?

Oct 12, 2023 10:49 AM Merolagani

असोज २५ गते, बिहीबार, प्रि ओपन सेसनमा मिड सोलु हाइड्रोपावर (MSHL) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा किम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीका शेयर असोज २४ गते बुधबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज र एमएसएचएल टिकर प्रदान गरेको थियो। यस दिन स्पेशल प्रि ओपन सेसनमा नेप्सेले दिएको रेञ्जका आधारमा कम्पनीको शेयर कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।