महालक्ष्मी लाइफले संस्थापकलाई ५० प्रतिशत रकम थप्न आह्वान, ९० करोडको आईपीओ निष्काशन गर्ने

May 25, 2022 12:02 PM Merolagani



महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न भनेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै ३० दिन भित्र उक्त रकम जम्म गर्न भनेको हो ।

कम्पनीको बैशाख २५ गते सम्पन्न विषेश साधारण सभाको निर्णयानुसार अधिकृत पुँजी, चुक्ता तथा जारी पुँजी वृद्धि गर्नुपर्ने भएकाले संस्थापक शेयरधनीले उक्त रकम जम्मा गर्नु परेको कम्पनीले जनाएको छ ।

कम्पनीको जेठ १० गते सम्पन्न सञ्चालक समितिको ५९ औं बैठकले साविक संस्थापकहरुबाट लगानी भएको रकमको ५० प्रतिशत रकम माग गर्ने निर्णय भएको पनि जनाएको छ ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यसको ५० प्रतिशत ७० करोड रुपैयाँ संस्थापकहरुले थपेपछि चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

त्यस पछि सर्वसाधारणको लागि ९० करोड रुपैयाँको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

आईपीओ निष्काशन पश्चात कम्पनीले अर्को एक कम्पनीसँग मर्जरमा गएर चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउने तयारी गरेको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।