प्रभु लाइफको सिइओमा सन्तोष प्रसाई नियुक्त

May 26, 2022 11:21 AM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स (PLI)  को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त भएको छ । कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले प्रसाईलाई सिइओ नियुक्त गरेको हो ।

बीमा समितिको स्वीकृति पश्चात प्रसाईलाई जेठ ११ गते देखिनै लागू हुने गरी आगामी कार्यकालको लागि सिइओ नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितको गत वैशाख २२ गते बसेको बैठकले प्रसाईंलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो । बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीले प्रसाईलाई सिइओ नियुक्त गरेको हो ।

प्रसाईंसंग ७ महिना नेपाल लाइफ इन्स्योरेन्सको सीईओ रूपमा काम गरेको अनुभव रहेको छ । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं सञ्चालक समितिसंग अन्तुष्ट भएपछि ७ महिनामै नेपाल लाइफबाट बाहिरिएका थिए ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।