प्रभु लाइफको सिइओमा सन्तोष प्रसाई नियुक्त

May 26, 2022 11:21 AM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स (PLI)  को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त भएको छ । कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले प्रसाईलाई सिइओ नियुक्त गरेको हो ।

बीमा समितिको स्वीकृति पश्चात प्रसाईलाई जेठ ११ गते देखिनै लागू हुने गरी आगामी कार्यकालको लागि सिइओ नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितको गत वैशाख २२ गते बसेको बैठकले प्रसाईंलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो । बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीले प्रसाईलाई सिइओ नियुक्त गरेको हो ।

प्रसाईंसंग ७ महिना नेपाल लाइफ इन्स्योरेन्सको सीईओ रूपमा काम गरेको अनुभव रहेको छ । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं सञ्चालक समितिसंग अन्तुष्ट भएपछि ७ महिनामै नेपाल लाइफबाट बाहिरिएका थिए ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।