सातामा साढे ५ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Jun 25, 2022 08:41 AM Merolagani



यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको छ। गत साता १९७१.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता १०९.३२ अंक घटेर १८६२.०६ विन्दुमा झरेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स ४.२६ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६७ प्रतिशत घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ३९ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको कारोबार रकम ११.५३ प्रतिशत बढी हो।

यस साता दैनिक कारोबार भएको शेयर संख्या १९.८९ प्रतिशत बढेको छ भने दैनिक कारोबार संख्या ९.३२ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ५ प्रतिशत घटेको छ। गत साता २८ खर्ब १० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता १ खर्ब ५५ अर्ब रुपैयाँ घटेर २६ खर्ब ५४ अर्बमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १०.३४ प्रतिशत घटेको छ भने जीवन बीमा उपसमूहको सबैभन्दा कम ३.२२ प्रतिशत घटेको छ।

गत साता २२७३.८६ विन्दुमा रहेको जलविद्यूत उपसमूहको परिसूचक, गत साता २३५.१५ अंक घटेर २०३८.७१ विन्दुमा झरेको छ। त्यसैगरी, गत साता ९२६६.७६ विन्दुमा रहेको जीवन बीमा उपसमूहको परिसूचक, यस साता २९८.२६ अंक घटेर ८९६८.५० विन्दुमा झरेको छ।

अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। गत साता ८०४७.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४८४.३९ अंक घटेर ७५६२.८६ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा कुल २ करोड २९ लाख ३० हजार ८४०.०५ कित्ता शेयर सूचीकृत भएको छ। यस साता ५ कम्पनीको सो बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

कारोबारमा आएको सिवाईसी लघुवित्तको शेयरमूल्य यस साता सर्वाधिक ४९.७८ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता आँधीखोला लघुवित्तको शेयरमूल्य ४८.३२ प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य ११.८१ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।

यस साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक १९.०९ प्रतिशत घटेको छ। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावरकोाा शेयरमूल्य १८ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइको सूचीमा परेका छन् भने नबिल ब्यालेन्स्ड फण्ड २, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर सेलको सूचीमा परेका छन्।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।