व्यवसायी बैंकको ब्याजदर ‘घटाउने’ पक्षमा उभिदा गभर्नर अधिकारी यसकारण उभिए ब्याजदर ‘बढाउने’ पक्षमा

Jul 02, 2022 06:10 PM Merolagani



व्यवसायीहरु बैंकबाट लिएको ऋणको ब्याजदर घटाउने पक्षमा उभिदै आएका छन् । तर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद गभर्नर महाप्रसाद अधिकारी भने ऋणको ब्याजदर बढाउने पक्षमा उभिदै आएका छन् ।

केही दिनअघि एक कार्यक्रममा गभर्नर अधिकारीले बैंकको ब्याजदर अझै बढ्ने भाषण नै गरे । उनको त्यस्तो भनाइ बाहिर आएपछि शेयर बजारमा उच्च गिरावट आयो । अर्थतन्त्रको ऐना मानिने शेयर बजारले दिएको प्रतिक्रियाका अलावा उद्योगी व्यवसायीले पनि अझै बैंकको ब्याज बढ्ने हो भने व्यवसाय गर्न नसक्ने अवस्थामा पुग्ने प्रतिक्रिया दिए ।

शेयर लगानीकर्तादेखि अन्य व्यवसायी, उद्योगीहरुले बैंकको ब्याजदर कम हुनुपर्ने माग गर्दै आएका बेला गभर्नरको ब्याजदर बढाउने उद्घोषले सबै त्रसित बने । अहिले पनि बैंकको उच्च ब्याजदरले व्यवसाय नै टिकाउन मुस्किले परेको समयमा थप ब्याजदर बढ्ने बिषयले खुबै चर्चा पायो । घरको भान्छादेखि संसदमा समेत ब्याजदर बृद्धिको कुराले प्राथमिकता पायो ।

बैंकले कर्जाको ब्याजदर बढाउँदा वित्तीकै त्यसले भान्छामा असर पार्ने गर्छ । बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर उच्च रुपमा बढ्दा त्यसको प्रत्यक्ष असर आमनागरिकमा पर्न जान्छ । बैंकको ब्याजदर बढ्दा सर्वसाधारण नागरिकले दैनिक उपभोग गर्ने उपभोग्य बस्तुको मूल्य बढ्न पुग्छ ।

तर, यता गभर्नर अधिकारी भने ब्याजदर नबढाउँदा अर्थतन्त्रमा असर पर्ने भएकाले बढाउनु पर्ने पक्षमा उभिदै आएका छन् । कम ब्याजदर हुँदा बैंकहरुले अत्याधिक कर्जा प्रवाह गर्नेे र त्यसको असर अर्थतन्त्रमा पर्नेे उनको तर्क छ ।

अहिले पनि बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याजदर दिइरहेका छन् । बैंकहरुले त्यसरी निक्षेप संकलन गरेको रकम १३÷१४ प्रतिशतमा लगानी गरिरहेका छन् ।

ब्याजदर सस्तो हुँदा शेयर बजारमा तथा जग्गा खरिदमा अत्यधिक कर्जा जाने भएकाले मंहगो ब्याजदर हुनु पर्छ भन्ने पक्षमा गभर्नर पुगेका छन् ।

बैंकले दिने कर्जाको ब्याजदर बढेकाले नै ३२ सय अंक नजिक पुगेको नेप्से १८ सयसम्म झर्न पुगेको यथार्थका बारेमा गभर्नर अधिकारी अनभिज्ञ जस्तै देखिन्छन् । यद्यपी पछिल्लो समय नेप्सेमा केही सुधार आएर २ हजारमाथि पुगेको छ ।

अहिलेको मुलुकको अर्थतन्त्र सुधार गर्न ब्याजदर बढाउनुको बिकल्प नभएको तर्क गभर्नर अधिकारीले गर्दै आएका छन् । ब्याजदर बढ्दा विदेशबाट आयात हुने बस्तुमा कमी आउने, घरजग्गा र शेयर बजार ओरालो लाग्ने उनको तर्क छ । गभर्नरका लागि यस्तो हुनु खुशीको बिषय हुन पुग्ने छ ।

तर, गभर्नरका विपक्षमा व्यवसायीहरु देखिदै आएका छन् । उच्च ब्याजदरका कारण उद्योग व्यवसाय चल्न नसक्ने अवस्था पुग्ने भएपछि व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् ।

अहिले केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने तयारी थालेको छ । मौद्रिक नीति पनि ब्याजदर बढाउने खालको आउने सम्भावना देखिएको छ । गभर्नर अधिकारी कर्जाको ब्याजदर बढेपनि विदेशी मुद्रा सञ्चिति भने नघटोस भन्ने पक्षमा छन् ।

सस्तो ब्याजदरमा कर्जा दिएर बजार बढाउनु अर्थतन्त्रका लागि राम्रो होइन भन्ने पक्षमा गभर्नर उभिएका छन् । गभर्नर अधिकारी शेयर बजार सुधारको पक्षमा छैनन् । अर्थमन्त्री जनार्दन शर्मा शेयर बजारप्रति अलि लचिलो भएपनि गभर्नर अधिकारी भने शेयर बजार, व्यवसायप्रति कठोर देखिदै आएका छन् ।

बैंकको ब्याजदर बढ्दै जानुलाई सुभ संकेतका रुपमा लिन नसकिने पक्षमा उद्योग व्यवसायी उभिदै आएका छन् । विश्वका अन्य मुलुकमा ब्याजदर थोरै विन्दुले बढ्न पुग्दा पनि त्यहा उथलपुथल आउने गरेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले बताए । तर नेपालमा भने ठूलो विन्दुले बढ्दा पनि कुनै प्रतिक्रिया नआउने उनको तर्क छ । ‘नेपालमा ब्याजदर उच्च रुपमा बढ्दा पनि चुपचाप बस्छौं,’ उनले भने, ‘यो विडम्बना नै मान्नु पर्छ ।’




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।