सातामा करिब ९ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 02, 2022 07:52 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ९ प्रतिशत बढेको छ। गत साता १८६२.०६ विन्दुमा बन्द भएको नेप्से, यस साता ८.९५ प्रतिशत अर्थात १६६.७१ अंक बढेर २०२८.७७ विन्दुमा पुगेको छ।

साताका ६ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार उच्च अंकले बढेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। यस साताको पहिलो कारोबार दिन नै नेप्से उच्च अंकले बढेसँगै बजारमा उत्साह छाएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २३.७४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ११.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.१९ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता दैनिक औषतमा १ अर्ब ९४ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३९.५० प्रतिशत बढेको हो। त्यसैगरी, यस साता देनिक औषत कारोबार संख्या ३०.६२ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या २०.४० प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण २ खर्ब बढेको छ। गत साता २६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता बढेर २८ खर्ब पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ भने बैंकिङ्गको सबैभन्दा कम बढेको छ।

गत साता १५५४.५८ विन्दुमा रहेको व्यापार उपसमूहको परिसूचक यस साता ३३१.७३ अंक बढेर १८८६.३१ विन्दुमा पुगेको छ। त्यसैगरी, गत साता १३१७.४८ विन्दुमा रहेको यस उपसमुमहरुको परिसूक, यस साता ५४.७४ अंक बढेर १३७२.२२ विन्दुमा पुगेको छ। अंकका आधारमा भने गत साता जीवन बीमा उपसमुहको परिसूचक सबैभन्दा बढी ९६७.१६ अंक बढेर ९९३५.६६ विन्दुमा पुगेको छ।

यस साता ४ कम्पनीको ६२ लाख ६१ हजार ७७४.६४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता जनउत्थान समुदायिक लघुवित्त, समिट लघुवित्त, एभरेष्ट इन्स्योरेन्स र जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता सीवाईसी नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ७७.१ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता आँधीखोला लघुवित्तको ३८.१९ प्रतिशत बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ३३.७२ प्रतिशत बढेको छ। यस साता दुई स्टकको मात्र मूल्य घटेको छ। कारोबारमा आएको ग्रामीण विकास लघुवित्त र लक्ष्मी बैंकको मात्र शेयरमूल्य यस साता घटेको हो।

फ्लोरसिट विश्लेषण गर्दा यस साता स्वाभिमान लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने कर्णाली डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई समुन्नत स्किम १, सिटिजन्स म्युचुल फण्ड १ लगायतका कम्पनीको मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा परेका छन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।