गत साता करिब १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jul 17, 2022 06:16 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता १९९२.६२ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.८५ प्रतिशत अर्थात १६.८४ प्रतिशत बढेर २००९.४६ विन्दुमा पुगेको छ।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार बढेसँगै, नेप्सेले सो बराबरको अंक कमाएको हो। गत साता सोमबारबाहेक अरु सबै कारोबार दिनमा बजार बढेको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी घट्दै गएको छ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेमा गोल्डेन क्रशओभर बन्नेछ। यसले आगामी दिनमा नेप्से परिसूचक बढ्ने संकेत गर्दछ।

गत साता नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। यसले १९०० को टेवा क्षेत्रमा बिक्रीकर्ताहरु रिजेक्ट भएको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत कारोबार रकम १ अर्ब ९५ लाख रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १.९० प्रतिशत बढी हो।

बैंकिङ्ग उपसमूह

गत साता बैंकिङ्ग उपसमूहको परिसूचक करिब १८ अंक बढेको छ। अघिल्लो साता १३४५.४६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १७.९३ अंक बढेर १३६३.३९ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १२०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, यी दुई बीचको दूरी साँघुरिदै गएको छ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा गोल्डेन क्रशओभर बन्नेछ। यसले सो उपसमूहको परिसूचक बढ्ने संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।