गत साता ६ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Jul 31, 2022 05:29 AM Merolagani



गत साता नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको थियो। अघिल्लो साता २०१७.४६ विन्दुमा बन्द भएको नेप्से, गत साता १२२.९३ अंक बढेर २१४०.३९ विन्दुमा बन्द भएको छ।

६ कारोबार दिनमध्ये ५ कारोबार दिन बजार उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। गत साता मंगलबार नेप्सेमा ४४.८० अंकको करेक्सन भएको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेले स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, साप्ताहिक रुपमा भने नेप्सेले बुलिश मारुबोजु बनाएको छ। जसले गत साता खरिदकर्ताहरु हाबी रहेको संकेत गर्दछ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी बढ्दो क्रममा रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ४७ करोडको शेयर कारोबार भएको थियो। नेप्सेको २० दिने औषत कारोबार रकम २ अर्ब २८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ५२.४६ प्रतिशत बढी हो। उच्च भोल्यूम सहितको सूचक वृद्धिलाई राम्रो मानिन्छ।

लघुवित्त उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक उकालो लागेको थियो। सोमध्ये ५ उपसमूहको परिसूचक १० प्रतिशतभन्दा बढी बढेको थियो। लघुवित्त उपसमूहको परिसूचक गत साता १०.०२ प्रतिशत बढेको छ। अघिल्लो साता ४४८५.५३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, गत साता ४४९.२६ अंक बढेर ४९३४.७९ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ५२०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, ओरालो लागेमा भने ४८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी बढ्दो क्रममा रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।