सातामा नेप्से साढे २ प्रतिशत घट्दा कुन उपसमूहको परिसूचक कति घट्यो?

Sep 03, 2022 07:00 AM Merolagani

यस साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेको छ। गत साता २०२२.६२ विन्दुमा बन्द भएको नेप्से, यस साता २.५७ प्रतिशत अर्थात ५२ अंक घटेर १९७०.६२ विन्दुमा झरेको छ।

साताका ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक भएर बन्द भएसँगै, नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साता सोमबार र मंगलबार बाहेक बाँकी ४ कारोबार दिनमा नेप्से नकारात्मक बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ८.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंक घटेको छ।

नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ६१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब २६ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.६८ प्रतिशत कम हो। यस साता दैनिक औषत कारोबार संख्या १६.९४ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या १८.५८ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत घटेको छ। गत साता २८ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७१ अर्ब रुपैयाँ घटेर २८ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने अन्य उपसमूहको सबैभन्दा कम घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ५.४८ प्रतिशत घटेको छ भने अन्यको ०.२९ प्रतिशत घटेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १८२.६८ अंक घटेको छ। त्यसैगरी, म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० अंक घटेको छ।

यस साता १ म्युचुअल फण्ड, १ आईपीओ र एक ऋणपत्र गरी कुल ११ करोड ११ लाख ५ हजार ७८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को १० करोड २५ लाख ७६ हजार ३६० इकाई, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ६१ लाख २७ हजार ९३८ कित्ता आईपीओ र नेपाल एसबिआई बैंकको २४ लाख १ हजार ४८२ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

यस साता ५ स्टकको मात्र मूल्य बढेको छ। यस साता सामुदायिक लघुवित्त, सनराइज बैंक, नेपाल टेलिकम, ओरियन्टल होटल र मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य बढेको हो। यद्यपि, यी स्टकहरुको मूल्य वृद्धिदर भने न्यून रहेको छ। यता कारोबारमा आएको रु रु जलविद्युत कम्पनीको शेयरमूल्य यस साता सर्वाधिक १४.२७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता हिमालयन एभरेष्ट इन्स्योरेन्स, शिवम् सिमेन्ट्स, जाल्पा सामुदायिक लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, हिमाल दोलखा हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।