सिटिजन्स बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने

Sep 22, 2022 07:52 PM Merolagani



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड(CZBIL)ले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस भने नबाँड्ने निर्णय गरेको छ ।

उक्त बैठकले आर्थिक वर्ष २०७८/७९को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।