निफ्राले ४ प्रतिशत मात्रै लाभाँश बाँड्ने

Sep 23, 2022 10:51 AM Merolagani



नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यसअनुसार बैंकले ९० करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश शेयर धनीलाई वितरण गर्ने छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयर धनीले पाउनेछन्।

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।