इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६२ हजार ५१९ जनाले पाए १० कित्ताका दरले शेयर

Nov 03, 2022 09:16 AM Merolagani



कात्तिक १७ गते, बिहीबार, इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।

कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको शेयरमा आवेदन नपरेको शेयर गरी कुल ६ लाख २५ हजार १९० कित्ता शेयर शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

क्यापिटलका अनुसार सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।