मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छः पवन गोल्यान

Nov 30, 2022 03:07 PM Merolagani



बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताए ।

बुधवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको उनले दाबी गरे । उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए ।

अध्यक्ष गोल्यानले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको बताए । उनले मौद्रिक नीतिको समीक्षाबाट बैंकहरुको अभिभावक राष्ट्र बैंक भएपनि बैंकहरुलाई सौतेनी व्यवहार जस्तो गरेको आरोप लगाए ।

अध्यक्ष गोल्यानले बैंकको निक्षेपको ब्याजदर घट्नुको भने विकल्प नभएको बताए । उनले छिमेकी देश भारतमा निक्षेपको ब्याजदर ६ प्रतिशत रहेको तर नेपालमा भने १२ प्रतिशत ब्याजदर हुनु उचित नभएको बताए । उनले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पु¥याउँदासमेत निक्षेप बढ्न नसकेको बताए । उनले पौषसम्ममा ३ प्रतिशतसम्म ब्याजदर कम हुनुपर्ने बताए ।

अध्यक्ष गोल्यानले बैंकिङ प्रणालीमा चरम तरलता अभाव रहेको बताए । उनले बैंकहरुको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको बताए । उनले पुस महिनामा बैंकको पैसा रिफाइनान्समार्फत ७० अर्ब रुपैयाँ बाहिर जान्छ त्यसपछि अझ बढी तरलताको समस्या बढ्ने देखिएको बताए । उनले निजी क्षेत्रले बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर गाली गरेर मात्रै समस्याको समाधान नहुने बताए । उनले ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र निजी क्षेत्र मिल्न आवश्यक रहेको बताए ।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समिक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेकाले बैंकहरु धरासायी हुने बताए । उनले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न माग गरे । उनले सबै क्षेत्र बच्नसक्ने गरी मौद्रिक नीतिको समीक्षा हुनुपर्नेमा त्यस्तो नभएको बताए । गोल्यानले बैंकहरुले जोखिम मूल्याङ्कन गरेर लगानी लगाउने भएकाले स्पेडदर घट्दैमा कसैलाई राहत नहुने बताए ।

उनले स्पेडदर ०.४ प्रतिशत कम भएको फाइदा ठूला व्यवसायीहरुले मात्रै लिनसक्ने बताए । उनले राष्ट्र बैंक र निजी क्षेत्रले दुई चारवटा बैंकले खराब काम ग¥यो भन्दैमा सबैलाई एकै ठाउँमा राखेर बैंकिङ क्षेत्रलाई नै चोर भन्न नमिल्ने बताए । उनले बैंक तथा वित्तिय संस्थाहरु भनेको देशको आर्थिक मेरुदण्ड भएको भन्दै बैंकहरु धरासाही हुँदा सबै क्षेत्र धरासायी हुने बताए । गोल्यानले आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु रहेको बताए ।

अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा नीति गलत नभएको बताए । उनले फाइनान्ससियल अनुशासनमा हुनेहरु व्यवसायीहरुलाई चालु पुँजी कर्जा नीतिले केही समस्या नपार्ने बताए । उनले बैंकहरु अनुसाशित नहुँदा राष्ट्र बैंकले चालु पुँजी कर्जा नीति ल्याएको बताए ।

अध्यक्ष गोल्यानले एउटा उद्योगबाट १ अर्बको कारोबार हुनेमा २ अर्बको कर्जा लिएर पैसा अन्य शेयर मार्केट,नयाँ कम्पनी स्थापना,जग्गा खरिदमा लगानी गर्नेहरु चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग गरिरहेको बताए । उनले तरलता अभाव नहुँदा बैंकहरुले आँखा चिम्लेर कर्जा दिएकाले अब यसलाई सुधार नगरे बैंकहरु डुब्नसक्ने बताए ।

अध्यक्ष गोल्यानले तरलता बढी भएको बेलामा बैंकहरुले जथाभावी कर्जा दिँदा समस्या भएको बताए । उनले चालुपुँजी कर्जा नीति गलत नभए पनि केही व्यवस्थाहरुमा परिवर्तन गर्न आवश्यक रहेको बताए । गोल्यानले चालु पुँजी कर्जा नीतिको विषयमा बैंक तथा व्यवसायीहरुलाई स्पष्ट रुपमा बुझाउन सक्नुपर्ने बताए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।