यस साता फाइनान्सको शेयरमूल्य १ रुपैयाँ २० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४७८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको यस फाइनान्सको शेयर, यस साता ४८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सेलिङ्ग जोनमा शेयरमूल्य
यस साता फाइनान्सको शेयरमूल्यले ४८०–५०० को प्रतिरोध क्षेत्र परीक्षण गरेको देखिन्छ। साताको दोस्रो कारोबार दिन फाइनान्सको शेयरमूल्य सो प्रतिरोध क्षेत्रभन्दा माथि बन्द भएता पनि साताको अन्तिम दुई कारोबार दिन भने घट्न पुगेको हो। एआई चार्ट अनुसार हालको लागि फाइनान्सको शेयरमूल्य सेलिङ्ग जोनको पुछारमा रहेको छ। कम्पनीको तत्काल बाइङ्ग जोन ४०० देखि ४२० क्षेत्रमा रहेको छ। फाइनान्सको शेयरमूल्य ४८० रुपैयाँभन्दा तल गएमा स्टपलस रणनीति अपनाउन सकिनेछ।
बिक्रीकर्ताको चाप
साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्यले छोटो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ताको चाप बढी रहेको संकेत गर्दछ।

भोल्यूम
यस साता फाइनान्सको दैनिक औषतमा ८४ हजार ५४९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये एक दिन मात्र औषतभन्दा बढी कारोबार भएको छ भने बाँकी ३ कारोबार दिन औषत भन्दा कम कारोबार भएको हो।

ओरालो लाग्दै हिस्टोग्राम
प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा हिस्टोग्राम ओरालो लाग्ने क्रममा रहेको छ। साताका अन्तिम दुई कारोबार दिन हिस्टोग्राम घटेको छ। यद्यपि, शून्य रेखाभन्दा माथि रहेकोले कम्पनीको शेयर सकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी थोरै घटेको छ। आगामी दिनमा एमएसिडी रेखा तल झरेर सिग्नल रेखालाई काटेमा बियरिश क्रशओभर हुनेछ जसले फाइनान्सको शेयरमूल्य घट्ने संकेत गर्दछ।

ओभरबट जोनमा
स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ताको चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.७९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.९१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४४.७२ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज सामान्य बढेसँगै सञ्चालन मुनाफा २७.०१ प्रतिशत घटेको छ। जसका कारण खुद नाफा घट्न पुगेको हो।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ३.०६ प्रतिशत घटेको छ। फाइनान्सको निक्षेप ३.०४ प्रतिशत बढेको छ भने कर्जा १.२१ प्रतिशत घटेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ५ रुपैयाँ ४ पैसा घटेर ११ रुपैयाँ ३१ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा रहेको छ।
साताको अन्तिम कारोबार मूल्यका आधारमा फाइनान्सको पीई रेशियो ४२.४४ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.१२ गुणा रहेको छ।

आधारभूत अवस्था
हाल नेप्सेमा फाइनान्सको १ करोड १८ लाख ३४ हजार ७०९.६० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको शेयर प्रतिकित्ता ४८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ५ अर्ब ६८ करोड ६ लाख ६० हजार ६०८ रुपैयाँ रहेको छ।
फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ४७० रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ८०० रुपैयाँ रहेको छ भने न्यून मूल्य ३६३ रुपैयाँ रहेको छ।

मूल्य घट्ने डर
फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले न्यूट्रल जोनबाट फियर जोनमा झरेको छ। यसले लगानीकर्ताहरु फाइनान्सको शेयरमूल्य घट्छ भनेर डराउन थालेको संकेत गर्दछ।
३९ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद

ब्राेकर नम्बर ३९ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ३९ ले सर्वाधिक ३९ हजार १४८ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ५८ ले ३१ हजार कित्ता शेयर खरिद गरेको छ भने ३८ नम्बरले १६ हजार कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, फाइनान्सको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकरमा ४५, ४२ र ४९ नम्बर ब्रोकर रहेका छन्।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)