गत साता ४ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Feb 12, 2023 05:52 AM Merolagani



गत साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्लो साता २०९४.५४ विन्दुमा रहेको नेप्से, गत साता ४.२१ प्रतिशत अर्थात ८८.०९ अंक घटेर २१८२.६३ विन्दुमा पुगेको छ।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार सकारात्मक रहेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। गत साता बुधबार मात्र नेप्से नकारात्मक रहेको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २२०० देखि २२२५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। गत साताको बुधबार, नेप्सेले सोही क्षेत्रमा प्रतिरोध परीक्षण गरी फर्केको थियो। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने २०५० देखि २०८० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बुलिश ट्रेण्ड

प्राविधिक विश्लेषणको उपकरण सुपर ट्रेण्ड अनुसार अहिले नेप्से बुलिश ट्रेण्डमा नै रहेको देखिन्छ।

कमजोर भोल्युम

गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएको छ। यो नेप्सेको २० दिने औषत भोल्यूमभन्दा २६.०३ प्रतिशत कम हो। साताको अन्तिम कारोबार दिन नेप्सेको दैनिक औषत भोल्यूम ३ अर्ब ३८ करोड रहेको छ।

नकारात्मक हिस्टोग्राम

गत साता एमएसिडीमा नेप्सेको हिस्टोग्राम नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यद्यपि, यसको उचाइ भने कम हुँदै गएको छ। गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी केही साँघुरिएको छ। घट्दो हिस्टोग्राम र एमएसिडी तथा सिग्नल रेखा बीचको दूरीले आगामी दिनमा नेप्से परिसूचक बढ्न सक्ने सम्भावनालाई देखाउँछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यहाँ प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।