यस साता कम्पनीको शेयरमूल्य १७ रुपैयाँ ६० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३६७ रुपैयाँ ५० पैसामा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३८५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।
सपोर्ट जोन नजिक
यस साता कम्पनीको शेयरमूल्य सपोर्ट जोन नजिक रहेको छ। हालका लागि कम्पनीको सपोर्ट जोन ३६५ देखि ३७५ रुपैयाँको क्षेत्र रहेको छ। यस साता कम्पनीको शेयरमूल्यले सोही जोनलाई परीक्षण गरिरहेको देखिन्छ। साताको पहिलो कारोबार दिन कम्पनीको शेयरमूल्य यही क्षेत्रमा टेवा पाएर उकालो लागेको थियो। कम्पनीको सप्लाइ जोन भने ४२० देखि ४३० को क्षेत्र रहेको छ।
अन्योलमा लगानीकर्ता
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले लङ्ग लेग्ड डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ।
बलियो भोल्यूम
यस साता कम्पनीको दैनिक औषतमा ७ हजार ९९४ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ५ हजार ९७६ कित्ता रहेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम ३३.७६ प्रतिशत बढी हो।
नकारात्मक हिस्टोग्राम
प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा कम्पनीको हिस्टोग्राम नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। त्यसैगरी, कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। यसले कम्पनीको शेयरमूल्य बियरिश रहेको संकेत गर्दछ।
खरिदबिक्री चाप सन्तुलनमा
कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।
वित्तीय अवस्था
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्री मार्फत ११ करोड ९६ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको विद्युत बिक्री मार्फत ११ करोड ६१ लाख ४ हजार रुपैयाँ आर्जन गरेको थियो।
विद्युत बिक्री आम्दानी सामान्य बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६ करोड २८ लाख रुपैयाँबाट घटेर ५ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो।
६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १८ करोड १ लाख ३५ हजार रुपैयाँ सञ्चित छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ १९ पैसा रहेको छ। भने बुकभ्यालु १२६ रुपैयाँ ११ पैसा रहेको छ। त्यसैगरी, साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात २३.७९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.०५ गुणा रहेको छ। कम्पनीको आरओई १२.८४ प्रतिशत रहेको छ।
प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।
आधारभूत विश्लेषण
हाल नेप्सेमा कम्पनीको ६९ लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३८५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब ६५ करोड ७१ लाख ९० हजार रुपैयाँ रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५६५ रुपैयाँ रहेको छ भने न्यून मूल्य २८९ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३४२ रुपैयाँ १८ पैसा रहेको छ।
ब्रोकर नम्बर ५० बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ५० ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। साताभरमा सो ब्रोकरले कम्पनीको २ हजार ३७८ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ५१ लाख २ हजार २९२ कित्ता र २८ ले २ हजार ६७ कित्ता खरिद गरेको छ।
यता ब्रोकर नम्बर ५८ ले सबैभन्दा बढी २ हजार ५६६ कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ३८ ले २ हजार ४७२ कित्ता शेयर बिक्री गरेको छ।
फियर जोनतर्फ जाँदै
फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले न्यूट्रल जोनबाट फियर जोनतर्फ गइरहेको देखिन्छ। यसले कम्पनीको शेयरमूल्य घट्न सक्छ भन्ने डर पलाउन थालेको संकेत गर्दछ।
(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)