सेयर लगानीकर्ताले भोलि आन्दोलन घोषणा गर्ने

May 31, 2023 04:46 PM MEROLAGANI



नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको बिरोधमा भोलि सेयर लगानीकर्ताहरुले आन्दोलन घोषणा गर्ने भएका छन् ।

सेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक कोइरालाले फेसबुक पोष्ट मार्फत आन्दोलनको तयारी गर्न भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताहरुको भेला आब्हान गरेका छन् ।

सो भेलामार्फत आन्दोलनको स्वरुप र कार्यक्रम घोषणा गरिने जनाईएको छ । सेयर बजारमा लगाईँदै आएको पूँजीगत लाभकरलाई आयकर ऐनको आय सिमासँग जोडेर बार्षिक आयको ३९ प्रतिशतसम्म कर असुल्ने गरी सरकारले नयाँ बजेट ल्याएपछि लगानीकर्ताहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

कोइराला तीन पटकसम्म आमरण अनशन गरी पूँजी बजार सुधार तथा बिस्तारको अगुवााई गरेका लगानीकर्ता हुन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।