कालिका पावरले बोलायो विशेष साधारण सभा

Sep 15, 2023 09:22 AM Merolagani

कालिका पावर कम्पनी लिमिटेड (KPCL) ले असोज १३ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालय, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १०, भरतपुरमा विशेष साधारण सभा बोलाएको छ। सो सभा अपरान्ह ११ बजे शुरु हुनेछ।

सभाले कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।