मर्जर प्रस्ताव पारित गर्न मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तले डाक्यो विशेष साधारण सभा

Dec 29, 2023 09:00 AM Merolagani



एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न श्रृजनशील लघुवित्त वित्तीय संस्था (SHLB) र मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएको छ।

यी दुबै लघुवित्तले पुस २८ गते शनिबार, बिहान साढे १० बजे विशेष साधारण सभा बोलाएको हो। श्रृजनशील लघुवित्तले आफ्नो केन्द्रिय कार्यालय, गोलबजार नगरपालिका, चोहर्वा, सिराहामा सभा बोलाएको हो भने मानुषी लघुवित्त (MLBS) ले पुतली घर रिसोर्ट, बनेपा, साँगा, काभ्रेपलाञ्चोकमा सभा बोलाएको हो।

यी लघुवित्तहरुका सभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ यी दुबै लघुवित्तहरुले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।