सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट

Sep 20, 2023 08:56 AM Merolagani



असोज २ गते, मंगलबार, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत साउन २९ गतेदेखि भदौ २६ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको थियो। त्यस्तै, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा १० लाख ७६ हजार २३८ कित्ता गत असोज २९ गतेदेखि भदौ ११ गतेसम्म निष्काशन गरेको थियो। कम्पनीले सो शेयरमा रितपूर्वक आवेदन दिएका लगानीकर्ताहरुलाई शेयर बाँडफाँट गरेको हो।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई माग गरे बमोजिम शेयर बाँडफाँट गरी बाँकी रहेको १४ लाख ३ हजार ५ कित्ता शेयर समेत थप गरी सोही अनुपातमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्काशनको १० प्रतिशत अर्थात १२ लाख १६ हजार ५६८ कित्ता शेयर बाँडफाँट गरेको हो।

बाँडफाँटसम्बन्धी विवरण आवेदकहरुले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका वेबसाइट https://www.nimbacecapital.com र सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ। त्यसैगरी, भौतिक रुपमा आवेदन बुझाएका आवेदकहरुले आवेदन फाराम बुझाएको सम्बन्धित संकलन केन्द्रहरुमा सम्पर्क राखेर बुझ्न सकिनेछ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।