घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको कति?

Nov 16, 2023 07:38 AM Merolagani



वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। कात्तिक महिनाको अन्तिम दिन अर्थात आज प्रकाशित सूचना अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्।

कात्तिक महिनामा ९.९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, मंसिर महिनामा ०.३३१ प्रतिशतविन्दु घटेर ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजर ०.३०६६ प्रतिशतविन्दु घटेर ७.५४६ प्रतिशतमा झरेको छ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्। जसमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ। एनआईसी एशियाले कात्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २.०३५ प्रतिशतविन्दुले घटाएको छ। बैंकले मंसिर महिनामा व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ।

एनआईसी एशिया पछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबि बैंक लिमिटेड रहेको छ। बैंकले मंसिर महिनाका लागि ब्याजदर १.२४३ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ।

६ वाणिज्य बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।