नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

Nov 26, 2023 10:22 AM Merolagani



नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड  (NICL) ले आर्थिक वर्ष २०७९/८० को लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट

Jan 30, 2026 11:02 AM

माघ १६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेकाे थियो ।