Sun, Aug 23, 2026
मंसिर १३ गते, बुधबार नेपाल सटक एक्सचेञ्जले कारोबार अवधि थप गरेको छ। समस्याका कारण समयमै बजार नखुलेका कारण नेप्सेले समय अवधि थप गरेको हो।
यस दिन नेप्सेले कारोबार अवधि २४ मिनेट थप गरेको हो। अर्थात यस दिन बजार ३ बजेर २४ मिनेटसम्म खुल्नेछ। बुधबार नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समयभन्दा २४ मिनेट ढिला खुलेको थियो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।