अर्बपति श्रीमान श्रीमतीको सम्बन्ध विच्छेदका कारण कम्पनीलाई १५ सय करोड भारूको घाटा

Nov 29, 2023 09:28 PM Merolagani

पछिल्लो केहि दिनमा रेमण्ड कम्पनीको शेयर मुल्य घट्दै गएको छ । गत बिहीबारसम्म रेमण्ड कम्पनीका शेयरधनीहरुलाई एक सातामा नै १५ सय करोड भारतीय रुपैयाँको घाटा भएको छ । 

अर्बपति रेमण्डका मालिक गौतम सिंघानिया र उनकी श्रीमती नवाज मोदीको सम्बन्धविच्छेदले कम्पनीकाे शेयर घटेकाे छ । विवाहको ३२ वर्षपछि दुवै अलग हुँदैछन् यी धनाढ्य जाेडी । तर यी अर्बपति जाेडीकाे व्यक्तिगत जीवन कारणले लगानीकर्ताहरूलाई करोडौंको झट्का लागेको छ ।

यतिबेला उनीहरूकाे सम्बन्धविच्छेदकाे चर्चा चुलिएकाे छ । यी श्रीमान्-श्रीमतीको बारेमा नयाँ खुलासाहरू भइरहेका छन् । नवाज मोदी, गौतम सिंघानिया सम्बन्धविच्छेदमा नवाज मोदीले आफ्नो र छोरीकाेलागि गाैतमसँग नेट वर्थको ७५ प्रतिशत माग गरिन्। 

रेमण्डको प्रोक्सी सल्लाहकार फर्महरूले कम्पनीको स्टकमा नजिकको नजर राखेका छन्। झगडा यसरी नै भइरह्यो भने आफ्नो व्यवसाय नै ठप्प हुन सक्ने बताउँछन् ।

गौतमका कारण रेमण्ड डुब्दै

गौतम सिंघानियाका बुवा विजयपत सिंघानियाले गौतमकै कारण रेमण्डको शेयर घटेको बताउँछन् । "उनीहरुकै कारणले गर्दा हामी दुःखी छौं ।" उनले आफ्नो जीवन बाँचिसकेकाे बताए । "अब गौतमले के गर्ने, आफ्नो लक्ष्य आफै तय गरेर कम्पनीलाई अगाडि बढाउनुपर्छ," उनले भने

रेमण्ड संसारभर प्रसिद्ध 

विजयपत सिंघानियाले यी दुईबीचको झगडाबाट केही नहुने पनि बताए । उनले नवाज मोदीका लागि उनकाे लक्ष्य सबै किन्ने भएको पनि बताए । रेमण्डलाई कम्पनी बनाउन लामो समय लाग्यो। जब यो सानो कम्बल उत्पादन गर्ने कम्पनी थियो, विजयपतले यसको जिम्मेवारी लिएका थिए। जुन अहिले विश्वभर चर्चित भएको छ । जब गौतम सिंघानियाले कम्पनीको नेतृत्व सम्हालेका थिए, विजयपतले २०१५ मा आफ्नो पदबाट राजीनामा दिएका थिए।

लगानीकर्ताहरू त्रासमा

रेमण्ड कम्पनीका शेयरधनीहरुमा अहिले डरको वातावरण छ । रेमण्ड कम्पनीको शेयर मूल्य घट्ने डर उनीहरूमा देखिएकाे हाे । रेमण्डको सेयरमा केही समयदेखि भारी गिरावट आएको छ ।

अर्बपति गौतम सिंघानिया र उनकी श्रीमती नवाज मोदी बीचको पारिवारिक समस्याका कारण चलिरहेको लडाईले रेमण्डको व्यवसायलाई असर गरिरहेको छ।

गहिरो प्रभाव पर्न सक्ने

रेमण्डको प्रोक्सी सल्लाहकार फर्महरूले झगडा यसरी नै भइरह्यो भने आफ्नो व्यवसाय नै ठप्प हुनसक्ने बताउँछन् । प्रोक्सी सल्लाहकार फर्म भन्नाले कम्पनी भित्र हुने सबै परिवर्तन र घटनाक्रममा नजिकबाट नजर राख्ने संस्था हो। त्यसपछि शेयरधनीलाई यसबारे जानकारी गराइन्छ ।

शेयरधनीहरु स्तब्ध

नवाज मोदीले गौतम सिंघानियासँग आफ्नो कुल नेटवर्थको ७५ प्रतिशत हिस्सा मागेकी छिन् । यदि गौतमले आफ्ना छोरी र नवाजबीच कम्पनी बाँडफाँड गरेमा यसको असर शेयरधनीलाई पनि पर्नेछ । यसले कम्पनीको व्यवसायलाई पनि असर गर्छ ।

जसका कारण कम्पनीका लगानीकर्तामा डरको वातावरण छ । यो विवादमा सबैको नजर छ । नवाज अदालत गए भने कम्पनीको व्यापारमा नराम्रो असर पर्नेछ ।

एजेन्सी।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।