वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुन बैंकको कति?

Dec 16, 2023 10:37 AM Merolagani

वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार बैंकहरुको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ।

समग्रमा २० वाणिज्य बैंकहरुको औषत ब्याजदर ०.६२ प्रतिशतविन्दु घटेको छ। मंसिर महिनामा ९.९१ प्रतिशत रहेको २० बैंकहरुको औषत अधिकतम ब्याजदर, पुस महिनामा घटेर ८.९९ प्रतिशतमा झरेको छ।

पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। जसमध्ये सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर, पुसमा २ प्रतिशतविन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको छ। त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशतविन्दु ब्याजदर घटाएका छन्।

प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन्। यी दुबैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंकदर घटाएसँगै बैंकहरुले ब्याजदर घटाएका हुन्।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।