एभरेष्ट बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानी २९ रुपैयाँ कायम

Jan 21, 2024 10:15 AM Merolagani

एभरेष्ट बैंक लिमिटेड (EBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वजनिक गरेको छ । यस अवधिमा बैंकको नाफामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकले एक अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गतवर्ष आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.८८ प्रतिशतले धेरै हो । गत आर्थिकवर्षमा बैंकले एक अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ब्याज आम्दानीमा सामान्य प्रतिशतले घटेतापनि सञ्चालन आम्दानी बढोत्तरी हुदा बैंकको नाफामा सुधार भएको हो । बैंकको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँ छ । सञ्चालन आम्दानी २ अर्ब ४४ करोड ७५ लाख छ भने इम्पेयरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँ छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रहेको छ । बैंकको खराब कर्जा ०.७७ प्रतिशतमा छ । बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा छ ।

११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकले दुई खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।