हिमालयन बैंकको नाफामा ५७ प्रतिशतको बढोत्तरी, अन्य सुचकको अवस्था कस्तो?

Jan 21, 2024 10:38 AM Merolagani

हिमालयन बैंक लिमिटेड (HBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वजनिक गरेको छ । यस अवधिमा बैंकको नाफा ५७.५३ वृद्धि भएको छ ।

समीक्षा अवधिसम्मा बैंकले एक अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधि तुलनामा ५७.५३ प्रतिशत अर्थात ५४ करोड ९२ लाख रुपैयाँले धेरै हो ।

गत आर्थिक वर्षको यसैअवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी सहित सञ्चालन नाफामा वृद्धि हुँदा बैंकको खुद नाफा बढेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ छ । बैंकको सञ्चालन नाफा दुई अर्ब २१ करोड पुगेको छ भने इम्पेरमेन्ट चार्ज एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ४.९५ प्रतिशतमा छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ ।

चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ । बैंकको कस्ट अफ फण्ड ८.३४ प्रतिशत छ ।

पुस मसान्तसम्म दुई खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।