गत साता १७ अंक घटेर बन्द भएको नेप्से, यस साता के होला?

Feb 04, 2024 06:26 AM Merolagani



गत साता नेप्से परिसूचक १७ अंक घटेर बन्द भएको थियो। अघिल्लो साता २०८४.०९ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.८२ प्रतिशत अर्थात १७.०८ अंक घटेर २०८४.०९ विन्दुमा झरेको थियो।

गत साता ५ कारोबार दिनमध्ये ३ करोबार दिन नेप्से परिसूचक उकालो लागेको थियो भने २ कारोबार दिन घटेको थियो। सो साताका अन्तिम दुई कारोबार दिन नेप्से घटेको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से घटेर टेवा क्षेत्र नजिक पुगेको छ। हाल नेप्सेको टेवा क्षेत्र २०२० देखि २०६० सम्म रहेको छ। यस अघि पनि नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेको थियो। त्यसैगरी, आगामी दिनमा नेप्से उकालो लागेमा २२४० देखि २२८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा यस साता नेप्सेले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यो एक रिभर्सलको संकेत हो। यसले आगामी साता नेप्से बढ्ने संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन बनेको रातो मैनबत्तीले भने सो दिन बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से ओरालो लागेसँगै गत साता भोल्यूम पनि कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ५८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १६.१२ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।