‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को छैठौँ संस्करण सुरु

Feb 07, 2024 05:58 PM Merolagani

प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आज फेब्रुअरी ७मा काठमाडौंको मण्डीखटारस्थित गेट कलेजमा प्रत्येक वर्ष आयोजना गरिने पाटा युथ ट्यालेन्ट क्वेस्टको छैठौँ संस्करण सुरु गरेको छ । पब्लिक इस्पिकिंग कम्पिटिसन सम्पन्न भएपछि क्वेस्टकाे छैठाैं संस्करण सुरू गर्न लागिएकाे हाे ।

कार्यक्रममा युवा पर्यटन प्रोफेशनल वक्ताहरुले नेपालमा पर्यटन विकासका लागि दिगोपन, नवप्रवर्तन, उदीयमान प्रवृत्ति, चुनौतीहरू र अवसरहरू जस्ता विषयहरूमा प्रस्तुति दिएका थिए र उनीहरुको प्रश्तुतीकरण मूल्याङ्कनका लागि निर्णायक मण्डलमा दीपेन्द्र पुरुष ढकाल (पूर्व सचिव–पर्यटन मन्त्रालय), नरेन्द्र देव भट्ट (प्रबन्ध निर्देशक– हेरिटेज टुर्स एण्ड ट्राभल्स) र सुनील शाक्य (अध्यक्ष–केजीएच ग्रुप अफ होटल्स एण्ड रिसोर्ट्स) रहेका थिए ।

आज सम्पन्न पब्लिक इस्पिकिंग कम्पिटिसन प्रतियोगीतामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) की छात्रा मानभी सिंग ऐयर पब्लिक स्पिकिङ प्रतियोगिताको विजेता बनेकी छिन्। त्यसैगरी, ग्लोबल एकेडेमी अफ टुरिजम एंड हस्पिट्यालिटी एजुकेशन (गेट)की छात्रा श्रीनिधि शर्मा र इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) की छात्रा प्रभा राई क्रमशः प्रथम उपविजेता र द्वितीय उपविजेता बनिन् ।

पाटा नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्टको सहकार्यमा विभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरू बुद्ध एयर, हाईग्राउन्ड एडभेन्चर नेपाल, केजीएच ग्रुप अफ होटल्स एण्ड रिसोर्ट, कम्युनिटी होम्स्टे नेटवर्क लगायत पाटामा आबद्ध शैक्षिक संस्थाहरु मिड–भ्याली, नाथम र गेट कलेजको सहयोग तथा समन्नवयमा छैठौँ युथ ट्यालेन्ट क्वेस्ट आयोजना गरिरहेको छ ।

छैठौँ युथ ट्यालेन्ट क्वेस्ट अन्तर्गतको अर्को कार्यक्रमहरु अन्तरगत यही फेब्रुअरी ८ मा टुरिजम तथा हस्पिटालिटी क्विज प्रतियोगिता आयोजना हुनेछ भने फेब्रुअरी १० मा नाथम कलेजमा पाटा युवा टुरिजम प्रोफेसनल शेफ प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगिता आयोजना गरिनेछ ।

पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो । सो कार्यक्रम प्रतिभावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।