नेपालमै बन्न थाले अधिकांश चल्तीका मोटरसाइकल, तर किन 'ट्रान्सफर' भएन उपभोक्तालाई सरकारले दिएको सहुलियत ?

Feb 27, 2024 06:27 PM Merolagani

नेपाली मोटरसाइकल पारखीले चढ्ने अधिकांश चल्तीका मोटरसाइकल नेपालमै एसेम्बल उत्पादन हुन थालेका छन । उत्पादक कम्पनीबाट तयारी मोटरसाइकल ल्याएर टिक्न कठिन देखेपछि व्यवसायी एसेम्बल उत्पादन तर्फ मोडिएका हुन ।

सरकारले नेपालमै एसेम्बल उत्पादन गर्ने कम्पनीलाई सहुलियत दिएसँगै व्यवसायीहरु नेपालमै धमाधम उत्पादन गरिरहेका छन । पछिल्लो समय दुईपाँग्रे बजार कठिन अवस्थामा रहेपनि कम्पनीहरु भने एसेम्बल उत्पादन थालिसकेका छन ।

गोल्छा समुहले भने पाँच बर्ष अघिदेखि नै नेपालमै पाटपुर्जा विदेशबाट ल्याएर बजाज एसेम्बल उत्पादन गर्न थालेको थियो । बजाज लगतै शंकर समुहले टिभिएसको पनि उत्पादन थालेको थियो ।यी दुई समुहले नेपालमै मोटरसाइकल एसेम्बल उत्पादन गरेपनि उपभोक्ताले भने कुनै सहुलियत नपाएको गुनासो गरेका छन ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७८ को बजेटमा नेपालमै एसेम्बलिङ गर्ने दुईपांग्रेलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेका थिए। त्यस्तै एसेम्बलिङ उद्योग स्थापना गर्नेलाई सामान आयातमा २५ प्रतिशत छुट दिने व्यवस्था थियो।

गत चार महिना अघिदेखि त्रिवेणी समुह अन्तर्गतको रोयल इन्फिल्ड र एमएडब्लु इन्टरप्राइजेज यामाहाले पनि नेपालमै मोटरसाइकलको एसेम्बल गर्न थालेका छन । रोयल इफिल्डले नेपालमै उत्पादन गर्न लागेपछि उपभोक्तालाई एकदेखि डेढ लाखसम्म मोटरसाइकलको मूल्य घटाएको छ । कम्पनीले द क्लासिक ३५० र स्क्रयाम्बलर ४११ को एसेम्बलिङ सुरु गरेको थियो।

पछिल्लो  केहि बर्ष यता नेपालमै बनेको मोडल बिक्री भइरहेका छन भने कतिपय ब्रान्डले निटक भबिष्यमै उत्पादन थाल्ने बताएका छन । हालै ज्योती समुहबाट हिरो बाइकको आधिकारीक वितरक खोसेको चौधरी समुहले पनि नेपालमै एसेम्बल उत्पादन गर्ने भन्दै बिज्ञप्ति जारी गरेको छ ।

सिजीले नवलपरासी बर्दघाट पूर्वमा चार विघा जमिनमा आफ्नो प्लान्ट सुरु गर्न लागेको जनाएको छ । बार्षिक ३० हजार युनिट बाइक उत्पादन गर्ने कम्पनीको घोषणा छ । हिरो सहित बिशाल समुहले पनि सुजुकी ब्रान्डको मोटरसाइकलको प्लाट सुरु गर्ने चरणमा रहेको बताउँदै आएको छ ।

नेपालमा यो बाइक त्यति सफल नभएपनि केहि महिनामै उत्पादन सुरु गर्ने तयारी गरेको छ । भीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक धिरज भट्टराईका अनुसार अबको २ महिनामा एसेम्बलिङ प्लान्ट तयार भइसक्ने दाबी गरे ।

त्यस्तै सौरभ ज्योतीले बिक्री गर्दै आएको होन्डा ब्रान्डको उत्पादन पनि छिटै हुने दाबी गर्दै आएका छन । ज्योतीले लामो समयदेखि प्लान्ट स्थापना गर्न गृहकार्य गर्दै आएकाे छ ।

अल्फा अटोमोटिभ्सका निर्देशक मेघराज पौडेलले रोयल इन्फिलडको बाइक नेपालमै उत्पादन भएर सहज भएको बताए । उनले नेपालमै एसेम्बल उत्पादन थालेपछि उपभोक्ताले पनि सहुलियत पाएको बताए ।

 

बजाज, टिभिएस लगायतका ब्रान्डलाई उद्योग सञ्चालन गर्न सरकारले ५० प्रतिशत छुट दिएपनि उपभोक्तालाई भने सो सहुलियत ट्रान्सफर नभएको अर्थमन्त्रालकै कर्मचारी बताउँदै आएका छन । तर, व्यवसायी भने प्लान्ट स्थापनाको खर्च तथा मन्दीलाई देखाएर छुट दिन पन्छिरहेका छन ।

गोल्छा समुहका निर्देशक अभिमन्यु गोल्छाले पछिल्लो समय दुईपाँग्रे बजारमा आएको मन्दीले एसेम्बल उद्योग पनि समस्यामा परेको बताउछन । ‘हामीले सबैभन्दा पहिला एसेम्बल थालेका थियौं तर, अहिलेको अवस्था हेर्दा टिक्न कठिन छ,’ उनले भने ।

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा तयारी मोटरसाइकल भन्दा अनएसेम्बल्ड (नेपालमै बनाउने गरी) सवारी धरै आयात भएको देखिन्छ । पुससम्म ६१ हजार ८०१ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएकोमा ३३ हजार मोटरसाइकल आयात भएको विभागको तथ्याङ्कमै उल्लेख छ ।

एक व्यवसायीका अनुसार अर्थमन्त्री डा‍‍. प्रकाशशरण महतले एसेम्बल उत्पादनमा सरकारले सहुलियत दिएपनि व्यवसायीले मात्रै फाइदा लिएको भन्दै अगामी बजेट मार्फत केहि हेरफेर गर्ने तयारी गरेका छन । सोहि बजेटमा एसेम्बल उद्योगमा सरकारले दिएकाे सहुलियत गुम्ने  डरले पनि अधिकांश व्यवसायीले चालु बर्षमै प्लान्ट बनाइ सक्ने योजना बनाएका छन ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।