टिकटक बन्द गर्ने निर्णय भयो तर, पूर्णरुपमा बन्द गर्न हामीसँग त्यो खालको प्रविधि नै रहनेछः सञ्चार मन्त्री शर्मा

Feb 29, 2024 12:41 PM Merolagani



सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक पूर्णरुपमा बन्द गर्न नसकेको बताएकी छिन । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमा बोल्दै उनले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपनि निर्वाध चलिरहेको प्रतिक्रिया दिइन ।

‘टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय त गर्‍यो तर हामीले पुरै बन्द गर्न सकेनौँ नि त । किनकि हामीसँग त्यो खालको प्रविधि रहेनछ,’ मन्त्री शर्माले भनिन् ।

सरकारले गत कात्तिकदेखि नेपालमा टिकटक बन्द गरेको थियो । तर, कतिपय इन्टरनेट सेवाप्रदायकले अझै इन्टरनेट मार्फत टिकटक बन्द गरेका छैनन त्यस्तै भिपिएनको मध्यमबाट पनि टिककट चलिहेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।