टिकटक बन्द गर्ने निर्णय भयो तर, पूर्णरुपमा बन्द गर्न हामीसँग त्यो खालको प्रविधि नै रहनेछः सञ्चार मन्त्री शर्मा

Feb 29, 2024 12:41 PM Merolagani



सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक पूर्णरुपमा बन्द गर्न नसकेको बताएकी छिन । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमा बोल्दै उनले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपनि निर्वाध चलिरहेको प्रतिक्रिया दिइन ।

‘टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय त गर्‍यो तर हामीले पुरै बन्द गर्न सकेनौँ नि त । किनकि हामीसँग त्यो खालको प्रविधि रहेनछ,’ मन्त्री शर्माले भनिन् ।

सरकारले गत कात्तिकदेखि नेपालमा टिकटक बन्द गरेको थियो । तर, कतिपय इन्टरनेट सेवाप्रदायकले अझै इन्टरनेट मार्फत टिकटक बन्द गरेका छैनन त्यस्तै भिपिएनको मध्यमबाट पनि टिककट चलिहेको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।