Fri, May 17, 2024
नेपाल इन्स्योरेन्स लिमिटेड (NICL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ।
इन्स्योरेन्सले जेठ ४ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।