गत साता सामान्य अंक बढेको नेप्से, यस साता के होला?

Jun 09, 2024 06:09 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २०६९.५३ विन्दुमा बन्द भएको नेप्से, गत साता ८.२५ अंक बढेर २०७७.७८ विन्दुमा पुगेर बन्द भएको हो।

गत साता पाँचै कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। गत साताको आइतबार र मंगलबार नेप्से बढेको थियो। अन्य कारोबार दिनहरुमा भने नेप्से सामान्य अंक घटेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षणमा

गत साता नेप्से परिसूचकले प्रतिरोध परीक्षण गरेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २०८० देखि २१२५ सम्म रहेको छ। गत साता नेप्सेले सोही क्षेत्रमा प्रतिरोध परीक्षण गरेको हो। आगामी दिनमा सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा १९३० देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

रिभर्सलको सम्भावना

साताको अन्तिम कारोबार दिन नेप्सेले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा नेप्से परिसूचक रिभर्स हुन सक्ने अर्थात आगामी दिनमा छोटो वृद्धि हुन सक्ने संकेत गर्दछ। साप्ताहिक रुपमा पनि नेप्सेले इन्भर्टेड ह्यामर मैनबत्ती नै बनाएको छ।

कमजोर भोल्यूम

गत साता नेप्से बढेपनि भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब २० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ०.८३ प्रतिशत कम हो।

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन एमएसिडीमा नेप्सेले बियरिश क्रशओभर बनाएको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा नेप्से परिसूचक घट्ने संकेत गर्दछ। गत साताको अन्तिम कारोबार दिन नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा झरेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।