गत साता २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jun 23, 2024 06:34 AM Merolagani



गत साता नेप्से परिसूचक २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २११२.२९ विन्दुमा बन्द भएको नेप्से, गत साता २.०८ प्रतिशत अर्थात ४३.९८ अंक घटेर २०६८.३१ विन्दुमा झरेको थियो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। गत साताको बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्रबाट झर्यो

अघिल्लो साता प्रतिरोध परीक्षण गरी फर्किएको नेप्से, यस साता प्रतिरोध क्षेत्रभन्दा तल झरेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २०८० देखि २१२५ सम्म रहेको छ। आगामी दिनमा नेप्से परिसूचक ओरालो लागेमा १९३० देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो साता र सो कारोबार दिन नेप्सेमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से घटेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ७० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ११.९० प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुई बीचको दूरी बढ्दो क्रममा रहेको छ। त्यस्तै, हिस्टोग्राम पनि नकारात्मक क्षेत्रतर्फ बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।