गत साता ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jul 14, 2024 06:48 AM Merolagani



गत साता नेप्से परिसूचक ४ प्रतिशत बढेको थियो। अघिल्लो साता २११९.७० विन्दुमा बन्द भएको नेप्से परिसूचक, गत साता ८४.९१ अंक बढेर २२०४.६१ विन्दुमा बन्द भएको थियो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। गत साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो।

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से परिसूचक बढेर प्रतिरोध क्षेत्रमा पुगेको थियो। हाल नेप्सेको प्रतिरोध क्षेत्र २१५५ देखि २२१६ सम्म रहेको छ। यस साता नेप्सेले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा २४८० देखि २५२० को क्षेत्रमा प्रतिरोधको सामना गर्नेछ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा भने पुनः १९८० देखि २०३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा नेप्सेले गत साता हरियो मारुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले बुलिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो कारोबार दिन बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि बलियो रहेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७९ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २०.३७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्रमा रहेका छन्। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।