न्युरोड क्षेत्रको फुटपाथ बिस्तार कार्यमा स्थानीय र व्यवसायीको अवराेध

Jul 19, 2024 02:27 PM Merolagani



काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ बिस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् । शुक्रवार बिहानैबाट काठमाडौं महानगरपालिकाले फुटपाथ बिस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले बिरोध गरेका हुन् ।

स्थानीयहरुले न्युरोडमा फुटपाथ बढाउन नहुने बताएका छन् । स्थानीय र व्यवसायीहरु फुटपाथ बिस्तरको बिरोधमा उत्रिएपछि ठूलो संख्यामा नेपाल प्रहरी र महानगर प्रहरी खटाएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम शुरु गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ बिस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।