प्राइम कमर्सियल बैंकले नगद लाभांश वितरण गर्ने

Oct 27, 2024 10:06 AM Merolagani



प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत (कर सहित) का दरले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।