भारतमा नयाँ गभर्नरः भाेलिदेखि कार्यभार सम्हाल्दै,नयाँ नीतिहरु ल्याउने अनुमान

Dec 10, 2024 05:25 PM mero lagani



भारतीय रिजर्भ बैंक (आरबीआई) का नयाँ गभर्नर सञ्जय मल्होत्राले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । गभर्नर शक्तिकान्त दासको कार्यकाल मंगलबारदेखि सकिदैंछ । मल्होत्रा भारतका २६ औँ गभर्नर हुन्।  

नेपालमा गभर्नरको कार्यकाल ५ वर्षको हुने भए पनि भारतमा भने तीन वर्ष हुने प्रावधान छ । नबनियुक्त गभर्नर मल्होत्रा यस अघि वित्त मन्त्रालयका राजश्व सचिव हुन् ।

झण्डै ३३ वर्ष सरकारी सेवामा विताएका मल्होत्राले ऊर्जा, वित्त, कर, सूचना प्रविधि र खानीलगायत विभिन्न क्षेत्रहरूमा सेवा गरेका छन् । राजश्व सचिव हुनुअघि उनी वित्त मन्त्रालयअन्तर्गतकै वित्तीय सेवा विभागको सचिव थिए।

मल्होत्रा भारतीय वित्तमन्त्री निर्मला सितारमणका सबैभन्दा नजिकका विश्वास पात्र मानिन्छन् । त्यहीकारण वित्तमन्त्री सितारमणले ल्याएका बजेटहरुको निर्माणमा समेत मल्होत्राको महत्वपूर्ण भूमिका रहने गरेको भारतीय संचारमाध्यमहरुले दावी गर्न गरेका छन् ।

निजी क्षेत्र प्रति उदार मानिने मलहोत्राको समयमा आरविआईले निजी क्षेत्र मैत्री वैंकिङ नीतिहरु अबलम्बन गर्ने अनुमान गरिएको छ । उनको समयमा व्याजदरमा सरलीकृत भएर मुद्रास्फीति नियन्त्रणमा रहन सक्ने विश्लेषण गरिएको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।