सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, चाँदीकाे मूल्य कति?

Apr 16, 2025 10:46 AM Merolagani



बैशाख ३ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्यले २०८१, चैत ३१ गते बनाएको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत चैत ३१ गते यस्तो सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। सो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। अघिल्लो दिन अर्थात बैशाख २ गते, मंगलबार यस्तो सुन १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १० रुपैयाँ बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।