सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, चाँदीकाे मूल्य कति?

Apr 16, 2025 10:46 AM Merolagani



बैशाख ३ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्यले २०८१, चैत ३१ गते बनाएको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत चैत ३१ गते यस्तो सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। सो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। अघिल्लो दिन अर्थात बैशाख २ गते, मंगलबार यस्तो सुन १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १० रुपैयाँ बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।