सुनचाँदीको मूल्य बढ्यो

Oct 02, 2026 11:05 AM Merolagani



असोज १६ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।