नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
