कति पुग्याे सुनचाँदीको मूल्य ?

Oct 01, 2026 11:16 AM Merolagani



असोज १५ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर भएको छ । यस दिन सुनचाँदीको मूल्य बुधबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुँदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। गत मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। गत मंगलबार चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।