सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

May 14, 2025 08:57 AM Merolagani



वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको जेठ महिनाको औषत ब्याजदर, बैशाखको तुलनामा सामान्य घटेको छ।

बैशाख महिनामा ५.९७९५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ। बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशतविन्दु घटेको हो।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ६ वटा मध्ये ३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन्।

जेठ महिनाका लागि ब्याजदर घटाएका बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी (१ प्रतिशतविन्दु) ब्याजदर घटाएको छ। बैशाख महिनामा ६.५ प्रतिशत रहेको यस बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, जेडमा ५.५ प्रतिशतमा झरेको छ। त्यस्तै, सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएको छ भने कुमारी बैंकले ०.०१ प्रतिशतविन्दु घटाएको छ।

बैशाखको तुलनामा सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। जसमध्ये सानिमा बैंकले सबैभन्दा बढी ०.३८ प्रतिशतविन्दु बढाएको हो।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।