वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनै बैंकको ब्याजदर कति?

Jun 14, 2025 02:21 PM Merolagani



वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको औषत ब्याजदर जेठ महिनाको तुलनामा केही घटेको छ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५.९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशतविन्दुमा झरेको छ। २० मध्ये १५ बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा ५ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरु कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन्। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरु भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन्। यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।