प्राविधिक विश्लेषणको दृष्टिकोणबाट बजार हेर्दा !

Jul 01, 2025 07:16 PM Merolagani



समग्रमा हेर्दा बजार २६ सयको लाईनमा छ । लामो अवधिलाई हेर्दा शेयर बजार साईडवयजमा छ । कम्पनीको मूल्य उतार चढाव भएको छ यद्यपि बजारको सूचक चल्न मानेको छैन् ।

अहिलेको अवधिमा बैंकको ब्याज तिर्न, राजश्व तिर्न, सूचीकृत कम्पनीले वित्तीय विवरणमा नाफा देखाउनु पर्ने यावत व्यवहारिक दवाव बजारले खेप्नु परेको छ । साथै कारोबार सेटलमेन्ट मिलाउने चटारो पनि पर्ने भएकाले सकृय लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । त्यसैले कारोबार रकम पनि धेरै हुन सकेकाे छैन् । यतिबेला दीर्घकालीन लगानीको रणनीति बनाउनेलाई उचित समय रहेको जानकारहरुको बुझाई छ ।

त्यसैगरी, शेयर बजारको विश्लेषण आधारभुत रुपमा गरिएको हुन्छ । फण्डामेटल विश्लेषण गरेर लगानी रणनीति बनाउनेहरु पर्खेको पर्खै छन् । अहिलेको बजार प्राविधिक विश्लेषण गरेर लगानी गर्नेहरुले राम्रो आर्जन गर्ने देखिएकाे छ । प्राविधिक विश्लेषण गरेर लगानी गर्नेले अनुशासनमा रहनु पर्ने प्राविधिक विश्लेषक योगेश दारुकाले बताए । 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।