तर, दुवै पक्षबीच पटक पटक भएका ‘साइडलाइन’ बार्ताहरुमा सकारात्मक संकेत देखिएका छैनन् । यदि यस पटकको ‘विग डील’ पनि भाँडियो वा अपेक्षित सम्झौता हुन सकेन भने के होला ? अहिले दुवै पक्ष सशंकित भइरहेका छन् । किनकी विग डील’ को क्रममा सम्झौता नभएमा भारत विरुद्ध कठोर कदम चाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरिसकेका छन् ।
अमेरिकी राष्ट्रपति व्हाइट हाउस प्रेस सचिव क्यारोलिन लेवीले ‘विग डीलको मिति निश्चित छ, तर परिणाम अनिश्चित’ भन्दै भारतसँगको व्यापार वार्ता सफल हुनेमा शंका रहेको संकेत गरेकी छन् ।
जबकी भारतीय वित्त मन्त्री निर्मला सीतारमणले भने ‘विग डिलले सुन्दर परिणाम दिने भारतको विश्वास रहेको’ बताइएकी छन् ।

यो सम्झौता भएमा दुवै देशले एक अर्काको बजारमा सहज प्रवेश पाउनेछन् भने सम्झौता हुन नसकेमा एक अर्कामा व्यापार युद्ध हुन सक्ने सम्भावना प्रबल छ । दुवै देश एक अर्काेलाई गलाएर आफू अनुकूलको सम्झौता गर्ने प्रयासमा रहेका छन् ।
खासगरि अमेरिकाका दूग्धजन्य समानहरु लगायत कृषि उत्पादनहरुलाई भारतीय बजारमा सहज प्रवेश गर्न दिने कि नदिने भन्ने बारेमा दुबै देशबीच विवाद कायम छ । भारत आफ्ना किसानहरुको हित रक्षाको लागि कुनै पनि हालतमा अमेरिकी कृषि उत्पादनलाई सहजरुपमा भारतीय बजार खोल्न तयार छैन, तर अमेरिकी प्रविधि उद्योगहरुलाई सहज प्रवेश दिन तयार छ । अमेरिका भने आफ्नो कृषि उत्पादनलाई भारतले सहुलियत दरमा भारतमा विक्री वितरण गर्न नदिए भारतबाट फलाम र स्टील लगायतका समानहरुको आयात रोक्ने, भारतीय नागरिकहरुको अमेरिका प्रवेशमा कडाई गर्ने लगायतका निर्णयहरु गर्ने चेतावनी दिंदै आएको छ ।
भारत र अमेरिकाबीच अहिले बार्षिक ८ अर्ब डलरको कृषि उपजहरुको खरिद विक्री हुने गरेको छ । जस्मा भारतबाट चामल, मसलालगायतका समानहरु अमेरिका निर्यात हुन्छन् भने उस्ले अमेरिकाबाट स्याउ, दाल लगायतका कृषिउपजहरु आयात गर्ने गर्छ ।
दिल्लीमा रहेको ‘थिंक ट्यांक ग्लोबल ट्रेड एण्ड रिसर्च इनिसियटिभ’ (GTRI) का व्यापार विशेषज्ञ अजय श्रीवास्तव भारत र अमेरिका दुवैको लागि कृषि उत्पादनहरु मुख्य एजेण्डा बनेको बताउँछन् । ‘अबको एक साता भारत अमेरिका सम्वन्धको लागि सबैभन्दा महत्वूर्ण दिनहरु हुनेछन’ उनको भनाइ छ ।
उनको भनाइसंग वासिंगटनमा रहेको सेण्टर फर स्ट्राइटाइज एण्ड इण्टरनेशनल स्टडिजका व्यापार विज्ञ रिचर्ड रोसोभ पनि सहमत छन् ।
‘अमेरिका र भारतबीचको सम्वन्ध अहिले निकै जटिल मोडमा पुगेको छ, ९ जुलाई त्यो कुन अवस्थामा पुग्छ कसैले भन्न सक्दैन’ उनी भन्छन् । उनका अनुसार ट्रम्प र मोदी दुवै उग्र राष्ट्रवादको पक्षधर भएकोले उनीहरु सहजै एक अर्कासंग नझुक्ने अठोटमा छन् । त्यो अवस्थामा कस्ले कस्लाई कसरी गलाएर सम्झौताको लागि वाध्य पार्ला ? त्यो भने अबको एक सातापछि थाहा हुनेछ ।