सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?

Jul 02, 2025 01:28 PM Merolagani



असार १८ गते, बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यसदिन सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आजको बजारमा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला दुई हजार १४५ रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५५ रूपैयाँमा कारोबार भएको थियो ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।